४ पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीबिहीन

काठमाडौं, २९ माघ । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७४९ तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले तथ्यांक अनुसार कूल ७५३ मध्ये ४ स्थानीय तहमा अझै बैक विहिन रहेको हो ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी को सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०७७ असार मसान्तसम्म सबै ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा बिस्तार गर्ने लक्ष्य लिएपनि उक्त लक्ष्य पुरा हुन सकेको छैन् ।

जसमध्ये हालसम्म ७४९ वटा स्थानीय तहमा मात्रै बैंकका शाखा बिस्तार भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै, प्रदेश १ को १३६, बाग्मती प्रदेशको ११८, कर्णाली प्रदेशको ७८ र सुदरपश्चिमको ८७ स्थानिय तहमा शाखा सञ्जाल विस्तार भएका छन्।

तर विकास बैंक र वित्त कम्पनीका शाखाहरु भने सबै जिल्लामा बिस्तार भइसकेका छैनन् ।

त्यस अनुसार अझै प्रदेश १ मिक्वााखोला गाँउपालिका, बागमतीमा रुवीभ्याली, कर्णाली प्रदेशमा जुनीचाँदे गाँउपालिका र सुदूरपश्चिम प्रदेशमा काँडा गाँउपालिकामा शाखा विस्तार हुन बाँकी छ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ पुस मसान्तमा १४४रहेको छ ।

यस मध्ये २७ वाणिज्य बैंक, १९विकास बैंक, २१ वित्त कम्पनी, ७६लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७पुस मसान्तमा १०,१८७ पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here