बुढिगण्डकी जलविद्युत परियोजनालाई १३ अर्ब ५७ कराेड

सांकेतिक तस्वीर

काठमाडौं, १५ जेठ । सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको लागि १३ अर्ब ५७ कराेड रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०७६/७७ काे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त घाेषणा गरेका हुन् ।

गोरखा र धादिङ्गको सिमानामा रहेको बुढिगण्डकी जलविद्युत परियोजनाको क्षमता १२५० मेगावट रहेको छ ।

त्यस्तै तनहुँ जलविद्युत परियोजनाको लागि ८ अर्ब ९० करोड, तामाकोशी जलविद्युत परियोजनाको लागि १ अर्ब ८५ करोड बिनियाेजन गरिएकाे छ ।

बुढिगङ्गा जलविद्युत परियोजनाको लागि २ अर्ब २० करारोड रकम विनियोजन गरेकाे अर्थमन्त्री खतिवडाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here