आगामी दुई वर्षमा आवास पुननिर्माण सकिने, धरहरालाई १ अर्ब

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पमा भत्किएका घरको पुननिर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने बताएका छन् ।

संसदमा बुधवार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै उनले जोखिमयुक्त वस्तिहरुलाई पनि दुई वर्षभित्रै सुरक्षित स्थानमा सारिने बताएका छन् । त्यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

समग्र पुनर्निर्माण क्षेत्रका लागि १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

धरहरा निर्माण गर्न १ अर्ब रुपैयाँ छुट्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here