यसरी बढाउनुहोस् परिवारमा खुसीको माहौल

काठमाडौं । हरेक मानिसको खुसी आफ्नो परिवारसँग जोडिएको हुन्छ । आफ्नो परिवारका सदस्यसँग समय बिताउन पाउँदा हामी तनावमुक्त र आनन्द महसुस गर्न सक्छौं । कहिलेकाँही काम विशेषले केहि दिन घर बाहिर जानुपर्यो भने हामीलाई परिवारको न्यास्रो लाग्छ र घरको धेरै सम्झना आउँछ ।

आफ्नो घर एउटा यस्तो ठाउँ हो जहाँ सबैभन्दा धेरै आनन्द र खुसी महसुस गर्न सकिन्छ किनभने त्यहाँ हाम्रो परिवार हुन्छ । आफूलाई माया गर्ने, आफ्नो बारेमा चिन्ता गर्ने र खुसी देख्न चाहने परिवारसँगै हुँदा समय बितेको पनि पत्तो नै पाँइदैन ।

त्यसैले तपाईंले पनि सँधै आफ्नो परिवारको खुसीको बारेमा सोच्नुपर्छ । जतिखेर पनि काम नै काम भनेर परिवारसँग धेरै समय नबिताउने वा उनीहरुसँग कुराकानी गर्ने समय तपाईंसँग छैन भने यसले तपाईंको परिवारलाई पनि दुखी बनाउन सक्छ ।

परिवारको सदस्यहरुको बीचमा मनमुटाव भयो वा सम्बन्ध गाढा भएन भने परिवारमा कलह, झैझगडा र अशान्ति निम्तन सक्छ ।

परिवार नै मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण चीज र परिवार नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले सबैले परिवार नै आफ्नो जिन्दगीको महत्वपूर्ण हिस्सा हो भन्ने बुझेर आफ्नो परिवारलाई खुसी राख्ने प्रयास गर्नुपर्छ ।

यसरी बढाउनुहोस् परिवारमा खुसी

१. कामको सन्तुलन मिलाउने

आफ्नो काम र निजी जिन्दगीको सन्तुलन मिलाउन धेरै गाह्रो छ तर, तपाईले यसो गर्न सक्नु भयो भने यसले जीवनमा धेरै परिवर्तन ल्याउँछ ।

दिनमा केही समय निकालेर सँगै टिभी हेर्नुहोस्, बिदाको दिनमा कतै घुम्न जानुहोस् दैनिक केहि समय सँगै बसेर कुराकानी गर्नुहोस् र उनीहरुको आवश्यकता पुरा गरिदिनुहोस् ।

यदि तपाईंले आफ्नो परिवारलाई केहि समय दिनु भयो भने परिवारसँग तपाईंको सम्बन्ध अझै बलियो बन्दै जान्छ ।

२. प्रशंसा गर्ने

आफ्नो परिवारका सदस्यहरुको सफलता वा उनीहरुको राम्रो कामको लागि प्रशंसा गर्नुहोस् । आफ्नो पतिरपत्नी, बच्चाहरुको राम्रा व्यवहारको लागि उनीहरुलाई प्रशंसा गर्नुहोस् र हौसला दिनुहोस् । जसले गर्दा उनीहरु खुसी होउन् र भविष्यमा त्यो भन्दा अझै राम्रो काम गर्ने हौसला मिलोस् ।

३. साथमा बसेर खाना खाने र पकाउने

आफ्नो परिवारसँगै बसेर खाना बनाउने, सँगै बसेर खाना खाने गर्नाले पारिवारिक सम्बन्ध झनै मजबुत हुन्छ र माया पनि बढ्छ । तपाईंसँग थोरै समय भएपनि उनीहरुको लागि केही समय निकाल्न नभुल्नुहोस् ।

४. घुम्न जानुहोस्

हप्ताको एक दिन आफ्नो परिवारसँग घुम्न जाने समय निकाल्नुहोस् । तपाईं आफ्नो परिवार सँग जहा पनि जान सक्नुहुन्छ जस्तै बगैँचा तिर गएर फूललाई पानी हाल्ने, खेल खेल्न जाने, फिल्म हेर्न, सपिङ गर्न जानसक्नुहुन्छ वा एकान्त ठाउँमा गएर आफ्नो परिवारसँग समय बिताउन सक्नुहुन्छ ।

५. नाचगान गर्ने

जब तपाईं आफ्नो परिवार सँग हुनुहुन्छ तब त्यो समयलाई धेरै नै रमाईलो बनाउने कोसिस गर्नुहोस् । त्यसको लागि तपाई गीत गाउनुहोस्, नाच्नुहोस् सँगै बसेर कुराकानी गर्नुहोस् विभिन्न रमाइला खेलहरु खेल्नुहोस् । त्यस्तै घरको सरसफाई गर्दा पनि संगीतको साहारा लिएर माहौलाई रमाइलो बनाउन सक्नुहुन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here