शुक्रबार सार्वजनिक विदा, महिला लघुवित्तको आइपीओ खुल्छ कि खुल्दैन् ?

काठमाडौं, २९ माघ । महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर(आइपीओ) शुक्रबार देखि निष्कासन हुदैछ् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो । महिला लघुवित्तको आइपीओ पूर्व निर्धारित मिति अनुसार नै बिक्री खुला हुने भएको छ।

बिक्री खुला हुने दिन माघ ३० गते शुक्रबार सार्वजनिक विदा परेपनि मिति परिवर्तन नहुने सिडीएससीले जनाएको हो ।

सिडीएसका अनुसार अनलाइनबाट आवेदन दिन मिल्ने भएकोले सार्वजनिक विदा परे पनि सोहि दिन नै बिक्री खुला गरिन लागेको हो ।

सार्वजनिक विदा परेकोले एक दिन अवधि भने थप हुने सिडीएसले जनाएको छ । जस अनुसार कम्पनीको आईपिओ माघ ३० गते शुक्रबारदेखि फागुन ५ गते बुधबारसम्म खुला रहने छ ।

यस हिसाबमा कम्पनीको आईपिओ ६ दिन खुला रहने छ । सार्वजनिक विदाको दिन पनि आइपीओ बिक्री खुला गरिन लागेको यो पहिलो पटक हो ।

निष्काशन हुने कुल ४ लाख कित्तामध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कर्मचारीका लागि र ५ प्रतिशत (२० हजार कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ३ लाख ७५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

लघुवित्तको आइपीओमा लगानीकर्ताले फागुन ४ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी–आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here