घाइते नेइमार कम्तिमा चार हप्ता मैदान बाहिर, बार्सिलोना विरुद्धको खेल गुमाउने

काठमाडौँ । पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका ब्राजिलियन फरवार्ड नेइमार घाइते भएका छन् । नेइमार कम्तिमा चार साताका लागि मैदान बाहिर रहने बताइएको छ ।

उनी घाइते भएसंगै बार्सिलोनाविरुद्धको च्याम्पियन्स लिगको खेल गुमाउने भएका छन् ।

अब नेइमार मार्च ११ मा हुने दोस्रो लिगसम्म फिट हुने अनुमान गरिएको छ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा बार्सिलोना र पिएसजी फेब्रुअरी १७ तारिखमा भिड्दै छन् ।

नेइमार बुधबार कोप डी फ्रान्सको काएनविरुद्ध खेलमा घाइते भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here