कहिले हुन्छ ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँड ?

काठमाडौं,३० माघ । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) आगामी साता बाँडफाँड हुने भएको छ ।

विक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।

सम्भवतः आगामी बुधबारसम्म आइपीओ बाँडफाँड गर्ने गरी तयारी भइरहेको क्यापिटलले जनाएको छ ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको छ ।

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

उक्त आइपीओमा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here