सातै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालन गरिने

सांकेतिक तस्वीर

काठमाडौं, १५ जेठ । सरकारले सात ओटै प्रदेशमा विद्युतीय वस सञ्चालन गर्ने बताएको छ ।

सबै प्रदेशका राजधानीमा विद्युतीय बस सञ्चालनको लागि नेपाल विद्युत प्राधीकरणसँग चार्ज स्टेसन राख्ने सन्दर्भमा कुरा भईसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७६/७७ मा यातायात क्षेत्रको लागि १ अर्ब ५३ करोड रकम विनियोजन गरिएको छ ।

सरकारले गाडीको फिटनेस स्थानहरु निर्माण गरी सम्पुर्ण गाडीहरुले फिटनेस चेक गर्नुपर्ने पनि बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here