किन पर्छ जाडो मौसममा धेरै चायाँ, कसरी हटाउने ?

सुस्मा महरा
वरिष्ठ ब्युटीसियन

काठमाडौं । कपालमा चायाँ पर्नु हिजो आज सामान्य समस्याको रुपमा देखापरेको छ । यस्तो लाग्छ कपालको सबैभन्दा ठूलो शत्रु नै चायाँ हो ।
कपालमा चायाँ पर्दा मानिसको व्यक्तित्वमा समेत नराम्रो प्रभाव पर्न गएको हुन्छ ।

मानिस जती नै स्वस्छ तथा सुन्दर भएर हिडेको नै किन नहोस् तर उसको कपालमा देखिने चायाँले लाजमर्दो समेत बनाउन सक्छ । कपालमा चायाँ पर्नु भनेको कपालको समस्याले नभई छालाको समस्याका कारण उत्पन्न हुने समस्या हो । खासगरी जाडो मौसममा धेरै मात्रामा चायाँ पर्ने गर्दछ । हाम्रो आफ्नै बानीको कारण हाम्रो कपालमा चायाँ परिरहेको हुन्छ ।

कसरी पर्छ चायाँ

काठमाडौं मल स्थित फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ व्यूटिसियन महराका अनुसार अनुसार हामीले जाडो मौसममा गर्ने हाम्रा विभिन्न प्रकारका बानीको कारण चायाँ परिरहेको हुन्छ ।

पानीको कारण पनि हाम्रो कपालमा चायाँ पर्ने समस्याहरु आउने कुरा महराले बताईन् । यसका साथै हामीले जाडो भएर हतार हतार गरेर नुहाउदाँ साबुन वा स्याम्फु राम्रोसंग नपरालिएको कारण पनि चायाँको समस्या देखिने उनले बताइन् ।

कसरी हटाउने ?

चायाँ हटाउनको लागि बजारमा विभिन्न नाम गरेका हजारौं स्याम्फुहरु पाइन्छ, तर ती स्याम्फुहरुले हाम्रो कपाललाई झनै प्रभावित पार्न सक्ने कुरा व्युटिसीयन महरा बताउँछिन्।

‘बजारमा अनेकौं नाम गरेका विभिन्न ब्राण्डका स्याम्फुहरु उपलब्ध छन्’ महरा भनिन्, ‘कुन स्याम्फु कस्तो ? यसले असर गर्छ कि गर्दैन् भन्ने, कुराको बारेमा सम्भव भएसम्म एउटा राम्रो व्यूटिसियनसंग छलफल गरेर प्रयोग गर्नुपर्छ ।’

यसका साथै चायाँ हटाउने घरेलु विधी पनि भएको कुरा व्यूटिसियन महरा बताउछिन् । ‘कपालमा पर्ने चायाँ हटाउने घरेलु विधी पनि छ । घरेलु विधीबाट चायाँ हटाउनको लागि कपालमा तेल लगाएर १ देखि २ घण्टासम्म मसाज गर्ने राम्रो स्याम्फुको प्रयोग गरि सफा पानीले पखाल्दा चायाँ हट्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here