झुके अर्थमन्त्री, संसदलाई दिने रकम ९० अर्ब पुग्यो

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडा संसदको दबावका सामु झुकेका छन् । उनले संसदलाई दिने रकम रु. ४ करोडलाई बढाएर ६ करोड रुपैयाँ बनाएका छन् ।

संसदमा बुधवार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत उनले सवत्र आलोचना गरिएको सांसद विकास कोषको रकममा २ करोड रुपैयाँ थप गरिएको घोषणा गरे ।

त्यस कार्यक्रममा आउने सार्वजनिक आलोचनाबाट जोगिन उनले खर्च गर्ने तरिका परिवर्तन गर्ने बहाना भने बताएका छन् ।

सबै सांसदलाई ६ करोड रुपैयाँ दिंदा कुल ९० अर्ब रुपैयाँ बजेट आवश्यक पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here