पाँच कम्पनीको हकप्रद आउँदै, कसको कति ?

काठमाडौं । केन्द्रीय बैंकले हकप्रद शेयरमा कडाई गरेपछि धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या घटेको छ । वित्तीय संस्थाहरुलाई मर्जर–एक्विजिसनमा प्रोत्साहन गर्न हकप्रद सेयरमा कडाई गरेसँगै आवेदन दिने कम्पनीको संख्य घटेको हो ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार पाँच वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् ।

जलविद्युत समूहतर्फ ङादी हाइड्रोपावर, बरुण हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावरका हकप्रद पाइपलाइनमा रहेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। यस्तै अन्य समूहतर्फ भने हाइड्रोइलेक्ट्रिसिटी एन्ड डेभलपमेन्ट कम्पनी र विकास बैंक समूहअन्तर्गत कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद आउने तरखरमा रहेको बोर्डले जनाएको छ।

यी कम्पनीका कुल ५ कम्पनीका १२ करोड २३ लाख ९९ हजार ३६१.४० कित्ताबराबर १२ अर्ब २३ करोड ९९ लाख ३६ हजार १४० रुपैयाँका हकप्रद पाइपलाइनमा छन्।

धितोपत्र बोर्डको पाइपलाइनमा श्रीराम सुगर मिल्सको हकप्रद पनि छ। यो कम्पनीले १ः३ अनुपातमा ८९ लाख ३ हजार ९४९.८१ कित्ता निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। तर यो कम्पनी सूचीकरणबाट खारेज भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here