पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउन दुई सय पर्यटकीय गन्तव्य छनोट (सूचीसहित)

काठमाडौं, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभर दुई सय वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ ।

आन्तरिक र विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले ७ सय १३ वटा आयोजनामध्येबाट छानिएका २ सय आयोजनाको सूची शुक्रबार सार्वजनिक गरिएको हो ।

भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेश सरकारसँग ओझेलमा परेका पर्यटकीय गन्तव्यको साझेदारीमा विकास गर्न प्रस्ताव आह्वान गरेको थियो ।

उक्त सूचनाका आधारमा छनोट गरेका धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।

यी आयोजनाका लागि केन्द्रीय सरकारले ६ अर्ब ८० करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ । यसमा स्थानीय तहले थप ३० प्रतिशतसम्म अतिरिक्त बजेट थप्नुपर्नेछ । यी आयोजना सञ्चालनका क्रममा ५ लाख ४० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा छ ।

छनोटमा परेका पर्यटकीय गन्तव्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here