बुटवलमा ओली पक्षको शक्ति प्रदर्शन, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं, १ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गर्दैछ।

बिहान ११ बजेपछि सुरु हुने कार्यक्रमलाई प्रधानमन्त्री लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रम बुटवल उपमहानगरपालिका–७ स्थित सिद्धेश्वर माविको प्रांगणमा गर्ने तयारी भएको छ।

लुम्बिनी प्रदेश समितिले आयोजना गरेको आमसभामा दुई लाख नागरिक भेला गर्ने ओली समूहको दावी छ। यसअघि दाहाल नेपाल समूहको नेकपाले पनि बुटवलमा शक्ति प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here