प्रि ओपन मै इन्फ्रास्ट्रकचरको ७ हजार कित्ता सेयर किनबेच, कतिमा खुल्यो कारोबार ?

काठमाडौं , २ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को धितोपत्र दोस्रो बजारमा आइतबार नियमित कारोबार खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै निफ्राको नियमित कारोबार खुलेको हो।

बैंकको पहिलो कारोबार ३४० को मूल्यमा भएको छ । प्रि ओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको हो ।

गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेकोमा उच्च बिन्दुबाट कारोबार सुरु भएको हो।

नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here