सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं, १५ जेठ । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत कर्मचारीको तलब राजपत्र अनंकितको २० प्रतिशत र राजपत्राकिंतको १८ प्रतिशतले बढाएका हुन् । नयाँ तलब स्केल साउन १ गतेदेखि लागु हुने छ ।

हाल सरकारी कर्मचरीमा राजपत्रांकित मुख्य सचिवको तलब ५५ हजार २ सय रुपैयाँ, सचिवको ५१ हजार ४ सय २० रुपैयाँ, सहसचिवको ४० हजार १ सय ५० रुपैयाँ, उपसचिवको ३४ हजार २ सय २० रुपैयाँ र अधिकृतको ३० हजार ५ सय रुपैयाँ छ ।

त्यसैगरी, राजपत्रअनंकित नायव सुब्बाको तलब २५ हजार ६ सय ८० रुपैयाँ र खरिदारको २३ हजार ५ सय रुपैयाँ तलब छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here