सेयर बजारमा पहिरो, म्यूचुअल फण्ड बाहेक सबै समूहको परिसूचक राताम्मे

काठमाडौं, ३ फागुन । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक सूचक नेप्से ३३.३३ अंकले नेप्से घटेर २४९३.५९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार २०२ कम्पनीको ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँ बरोबरको कारोबार भएको छ । १ करोड ४८ हजार ५१ हजार५९२ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबार भएका १२ समूह मध्ये म्यूचुअल फण्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । बजार घटेपनि नेपाल इन्फाइन्ट्रक्चर बैंकको सेयरमा भने पोजेटिभ सर्किट लागेको छ । आज लगानीकर्ताको रोजाइमा नेको इन्स्योरेन्स परेको छ ।

यसको सबैभन्दा धेरै ५२ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल बैंक ३६ करोड र नेपाल टेलिकम २३ करोडसहित शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here