पहिलो दिन निफ्राको २ करोड बढीको सेयर कारोबार, कित्ता भयो खरिद बिक्री ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को धितोपत्र दोस्रो बजारमा आइतबार नियमित कारोबार खुलेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पहिलो कारोबारका लागि तोकेको रेन्जभित्र सेयर किनबेच भएसँगै निफ्राको नियमित कारोबार खुलेको हो।

बैंकको पहिलो कारोबार ३४० को मूल्यमा खुलेपछि अत्याधिक मागको कारण १० प्रतिशत बढेर पोजेनिभ सर्किट लागेको थियो ।

३४० रुपैयाँ कारोबार खुलेको कम्पनीको प्रिसेसनमै करिब ८ हजार कित्ता कारोबार भएको थियो भने बजार खुलेको १५ मिनेटमै २३ हजार कित्ता सेयर कारोबार भएको छ ।

बजार खुल्ने बित्तिकै पोजेटिभ सर्किट लागेको कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको थियो । नेप्सेको मार्केट डेप्थ अनुसार आइतबार उक्त कम्पनीको ५९ हजार ९३१ कित्ता सेयर खरिद बिक्री भएको छ ।

उक्त सेयरहरु प्रतिकिता रु.३४० देखि ३७४ रुपैयाँसम्मा बिक्री भएको हो । रकमका आधारमा आज उक्त कम्पनीको रू. २ करोड २१ लाख ५४ हजार ४३३ रुपैयाँ को सेयर कारोबार भएको छ ।

बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आइपीओमा कुल १४ लाख ८१ हजार २८४ जनाले आवेदन दिएका थिए । सोमध्ये ६ हजार २७६ आवेदन रद्द भएका थिए भने सदर भएका १४ लाख ७५ हजार ८ जनाले सेयर हात पारेका थिए ।

जसमा ५० कित्तासम्म आवेदन दिनेले मागे जति सेयर पाएका थिए भने सोभन्दा बढी माग गर्नेले गोलाप्रथाबाट ६० कित्ता सेयर पाएका थिए । ३४ हजार ३० जनाले १० कित्ता, २९ हजार ८५४ जनाले २० कित्ता, २० हजार २४८ जनाले ३० कित्ता, १६ हजार ९३४ जनाले ४० कित्ता, ८ लाख ८१ हजार ८७० जनाले ५० कित्ता र ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ता पाएका थिए।

हाल १२ अर्ब चुक्ता पूँजी रहेको बैंकको आइपीओ पछि चुक्ता पूँजी २० अर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here