सेयर बजारमा आएको करेक्शनले लगानीकर्ता आत्तिनु पर्ने अवस्था छ कि छैन ?

काठमाडौं । केही महिनादेखि लगातार बढेर एकैदिन तीन रेकर्ड बनाएको नेस्सेमा विहिबारदेखि करेक्शन हुन थालेको छ ।

एकैदिन सर्वाधिक उच्च विन्दु, सर्वाधिक कारोबार र हालसम्मकै धेरै बजार पूँजीकरणको रेकर्ड बनाएको सेयर बजार विहिबारदेखि ओरोलो लाग्न थालेको हो । विहिबार १६ अंकले घटेको बजार आइतबार ३३ अंकले घटेको छ ।

लगातार घट्न थालेपछि लगानीकर्ताहरु आत्तिएका छन् । २६ सय बिन्दु नाघ्यो समाचारहरु आइरहेपनि केहि दिन देखिको आरोलो यात्रालाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको कारण देखाउन थालिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन २ गते आइतबार साँझ ७ बजे सार्वजनिक गर्दैछ् । बैंकिङ क्षेत्रको घट्दो ब्याजदरको पैसा सेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंकले नजिक बाट हेरिरहेको छ ।

यस बिषयमा पनि केही व्यवस्थाहरु परिमार्जन हुने आँकलन गरिएकोले यसको असर बजारमा परेको विश्लेषकहरु बताउँछन् ।

बैंकिङ क्षेत्रको घट्दो ब्याजदरको पैसा सेयर बजार केन्द्रित हुन थालेपछि राष्ट्र बैंकले नजिक बाट हेरिरहेको छ । यस बिषयमा पनि केही व्यवस्थाहरु परिमार्जन हुने आँकलन गरिएको छ ।

बैंक तथा वित्तीय क्षेत्रहरुकै बजारमा बाहुल्यता रहेको र वित्तीय विवरण पनि राम्रै आएकाले लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था नरहेको विज्ञहरुको दाबी छ ।

पछिल्लो तथ्यांक अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन्। २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको सेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।

सेयर बजारका विश्लेषकहरुले भने अहिले आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् । आइतबारको पहिरो नभई बजार करेक्शनको रुपमा मात्रै बुझ्नु पर्ने विश्लेषकहरुको दाबी छ । बजार लगातार बढ्यो र कुनै एक दिन घट्यो भने त्यसलाई करेक्शन भएको भनिन्छ ।

यसअघि नेप्से मंसिर २१ गते १२३ अंकले घटेको थियो । नेप्सेमा नेगेटिभ सर्किट लागेर कारोबार अवधि नसकिँदै कारोबार स्थगित भएको थियो ।

मौद्रिक नीतिको समिक्षा मार्फत शेयर कर्जामा पुनरावलोकन गरिने भनेसँगै त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा परेको आंकलन गरिएपनि त्यसको भोलिपल्ट देखि नै बजार बढ्न थालेको थियो । त्यसैले पनि आजको अवस्था हेर्दा आत्तिनु पर्ने अवस्था देखिदैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here