१० मेगावाट भन्दा कम क्षमताका जलविद्युत आयोजनाले विशेष पुनर्कर्जा पाउने, ब्याजदर ३ प्रतिशत मात्र

काठमाडौं २, फागुन । १० मेगावाट भन्दा कम क्षमताका साना तथा लघु जलविद्युत आयोजनाले ३ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले ती आयोजनालाई विशेष पुनर्कर्जा अन्तरगत सस्तो दरमा कर्जा दिने व्यवस्था ल्याएको हो ।

जसअनुसार १० मेगावाटभन्दा साना जलविद्युत आयोजनाहरुको विशेष पुनर्कर्जामा पहुँच पुर्याउन आवश्यक व्यवस्था गरिने छ । हाल ती जलविद्युत आयोजनाले पनि साधारण पुनर्कर्जा अन्तरगत नै कर्जा पाउँछन ।

विशेष पुनर्कर्जा अन्तरगत प्रवाह हुने कर्जामा बैंक तथा वित्तीय संस्थाले ग्राहकबाट बढिमा ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्नुपर्छ ।

यस्तो कर्जा दिने बैंकले राष्ट्र बैंकबाट १ प्रतिशत ब्याजदरमा पुनर्कर्जा पाउँछन । ‘दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनाहरूको विशेष पुनरकर्जामा पहुँच पु¥याउन आवश्यक व्यवस्था गरिने छ,’ समिक्षामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here