दुई दिनमै निफ्राका लगानीकर्ता मालामाल, कति पुग्यो सेयर मूल्य ?

काठमाडौं, ३ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आइतबार नियमित कारोबार खुले लगत्तै लागेको पोजेटिभ सर्किटले सोमबार पनि निरन्तरता दिएको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म बैंकको सेयर मूल्य ९.८९ प्रतिशतले बढेर ४११ पुगेको छ ।

निफ्राको सेयर हिजो आइतबारबाट कारोबारमा आएको छ। कारोबार खुल्दा नै निफ्राको सेयरमूल्यले अधिकतम ३४० रुपैयाँको रेन्ज पाएको थियो। निफ्राको सेयरमा दुई दिनमै पोजेटिभ सर्किट लागेर ७१ रुपैयाँ बढिसकेको छ।

यो समाचार तयार पर्दासम्म निफ्राको सेयर प्रतिकित्ता ४११ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here