लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता, दुई दर्जनबढी कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं, ३ फागुन । साताको धितोपत्र कारोबारको दोस्रो दिन सोमबार लघुवित्त समूहमा उछाल आएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेसँगै सेयर बजारमा उछाल आएको हो ।

१:४० सम्म दिउँसो लघुवित्त र अन्य कम्पनी समेत गरि दुइृ दर्जन भन्दा धेरैमा पोजेटिभ सर्किट लागेको छ । ८ वटा लघुवित्त कम्पनीको सेयर मूल्यमा १० प्रतिशत बढेर सर्किट लागेको छ भने अन्यमा ९ प्रतिशत बढेको छ ।

लघुवित्त संस्थाहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको छ। अहिले बजार लघुवित्त संस्थाहरुको सेयर बेच्ने भन्दा किन्ने धेरै देखिएका छन् । यो समाचार तयार पर्दा विकास लघुवित्त, किसान लघुवित्त, आरएसडी लघुवित्त र छिमेक लघुवित्त लगायतमा १० प्रतिशत बृद्धि भएको छ ।

यसैगरी आरम्भ चौतारी लघुवित्त, मेरो माइक्रोफाइनान्स, सारथी नेपाल लघुवित्त, समिट माइक्रोफाइनान्स, स्वावलम्बन लघुवित्त, गुराँस लघुवित्त, सूर्योदय लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, मिर्मिरे लघुवित्त, फस्ट माइक्रोफाइनान्स, नेरुडे लघुवित्त, सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, हिमालयन ऊर्जा विकास, निर्धन उत्थान लघुवित्त र विजय लघुवित्तको सेयरमूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here