काठमाडौं, ३ फागुन । ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ।
यहि शुक्रबारसम्म बाँडफाँड गर्ने तयारीको साथ काम भैरहेको बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलका अनुसार आवेदन रुजु गर्ने काम अन्तिम चरणमा पुगेकोले यो काम सकिएपछि अन्तिम तथ्यांक नियामक निकायलाई जानकारी गराई प्रि-अलोटमेन्ट गरिनेछ ।
कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको छ ।
सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।
उक्त आइपीओमा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ ।