राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर खुल्ने

काठमाडौं, ३ फागुन । नेपाल बैंक लिमिटेडले राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउण्टर सञ्चालन गर्ने भएको छ ।

त्यसका लागि नेपाल बैंक र संस्थानबिच एक सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र संस्थानका तर्फबाट प्रमुख प्रशासक कविराज पाठकले हस्ताक्षर गरेका छन् ।

साथै, संस्थानमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहुलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

नेपाल बैंक लिमिटेडले देशभर रहेका २०४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १४२ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतीय/डिजिटल माध्ययमबाट आफ्नो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here