पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ४ फागुन । नेपालमा पश्चिमी वायुको प्रभाव अझै घटेको छैन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसा पश्चिमी वायुको प्रभावको कारण एक दुई स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, महाशाखाले जारी गरेको आज दिउँसोको मौसम पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

त्यसैगरी, रातिमा भने प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदलीको संभावना रहेको छ।

त्यस्तै, राति उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ४ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भू-भागमा आंशिक बदलीको संभावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

फागुन ५ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा, लुम्बिनी र वाग्मती प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: देशका पहाडी भूभागहरुमा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

फागुन ६ गते (विहीबार)

दिउँसो : देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: प्रदेश नं १ मा आंशिक बदली रही वांकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here