१० मिनेटमै इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ४ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार नियमित कारोबार खुले लगत्तै ९.९८ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

आज इन्फ्रास्ट्रकचर बैंकको शेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ बढेर ४५२ रुपैयाँ पुगेको छ । दोस्रो दिन सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १० मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो ।

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here