काठमाडौं । शेयर बजारले २६०० बिन्दु पार गरेको छ । मंगलबार ११ः४५ बजेसम्म नेप्से परिसूचक ४३.६० अंकले बढेर २६२९.६१ अंकमा पुगेको छ । यो इतिहासकै उच्च अंक हो ।
अहिलेसम्म ३५ लाख ७५ हजार १८६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ११ करोडको कारोबार भएको छ ।
अहिलेसम्म ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । पोजेटिभ सर्किट लाग्नेमा मिर्मिरे लघुवित्त विकास बैंक, नेफ्रा, कर्पोरेट विकास बैंक र हिमालयन उर्जा विकास विकास कम्पनी रहेका छन् ।