चन्द्रागिरी हिल्सको सेयर मूल्य १२ रुपैयाँ बढ्यो, किन्नेको ओइरो, बेच्ने शून्य

काठमाडौं, ४ फागुन । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई दोस्रो बजारमा कारोबार शुरु गरेको चन्द्रागिरी हिल्सको सेयर खरिदकर्ताको किन्नेको ठूलो लर्को देखिएको छ ।

बुधबार १ बजेसम्म बजारमा ७ लाख ७३ हजार ५ सय ५१ कित्ता सेयरको माग भएको छ । बिक्रेता भने एकजना पनि देखिएका छैनन् ।

कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२ रुपैयाँ बढेर २१२ रुपैयाँ पुगेको छ । बजारमा माग गर्दैमा सेयरको खरिदबिक्री हुनैपर्छ भन्ने चाहिँ होइन ।

कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् ।

यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here