कारोबारमा आएको १० दिनपछि चन्द्रागिरीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ४ फागुन । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मंगलबार चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य २० रुपैयाँले बढ्दै प्रतिकित्ता २२० रुपैयाँ पुगेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर कारोबार माघ २५ गतेदेखि शुरु भएको छ ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू १६१ मा खुल्ला गरेको थियो । पहिलो कारोबारको लागि कम्पनीको शेयर प्रतिकित्ता रू. ९६ दशमलव ६९ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here