सेयर बजार दोहोरो अंकले वृद्धि, परिसूचक इतिहासकै उच्च विन्दुमा

काठमाडौं, ४ फागुन । नयाँ रेकर्ड बनाउँदै गएको सेयर बजारले मंगलबार पनि नयाँ रेकर्ड बनाएको छ ।

मंगलबार सेयर बजार सूचकले २६०० अंकको बिन्दु पार गर्दै नयाँ रेकर्ड बनाएको हो । यो नेपाली सेयर बजारको इतिहासमा अहिलेसम्मकै उच्च बिन्दु हो।

त्यसदिन नेप्से १५.५० अंकले बढेर २६०१.५१ विन्दुमा पुगेको छ । कारोबार शुरु भएको केहि बेरमै नेप्से २६३१ विन्दु पार गरेको थियो ।

२०८ कम्पनीको १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँ बरोबरको कारोबार भएको छ । १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबार भएका १२ समूहमध्ये ४ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । कारोबार भएका ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ ।

धेरै कमाउनेमा भने बैंकका लगानीकर्ताहरु देखिएका छन् । बैंकिङ समूहको सब–इन्डेक्स ३८ दशमलव ४१ अंकले वृद्धि भएको छ ।

विकास बैंक६.४७ अंकले बढ्दा अन्य समूहमा रहेका कम्पनीहरुको सब इन्डेक्स ५.५४ अंकले वृद्धि भयो ।मंगलबार व्यापार, होटल, जलविद्युत, फाइनान्स, बिमा कम्पनी तथा लघुवित्त समूहको सब इन्डेक्स पनि घटेको छ ।

दोहोरो अंकले बढेको बजारमा मंगलबार आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स, कर्पोरेट डेभलप्मेन्ट बैंक, सनराइज फर्स्ट म्युचुअल फण्ड र हिमालयन ऊर्ज कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आज साधना लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ६.१५ प्रतिशत गुमाएका छन् ।

आइतबार साँझ सार्वजनिक मौद्रिक समीक्षामा सेयर बजारलाई प्रभावित पार्ने कुनै पनि विषय उल्लेख नभएपछि सोमबार सेयर बजार ९२ अंकले बढेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here