लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा,कसरी गर्ने प्रयोग ?

काठमाडौं, ४ फागुन । लक्ष्मी बैंकले एफ्-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जा-रुपी-सेवा हो, जस अन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् ।

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउदैँ लगिने योजना रहेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको जनाएको छ । यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागज-पत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व-स्विकृत हुने हुँदा कुनै धितो बिना प्रदान गरिने बैंकले जनाएको छ ।

यो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here