महिला लघुवित्तमा माग भन्दा ६० गुणा बढी आवेदन, १४ लाखबढीको हात खाली हुने !

काठमाडौं, ४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा माग भन्दा ६० गुणाबढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परको हो । जसमा १४ लाख ४४ हजार ५८८ जनाले २ करोड २४ लाख ८२ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ५९.९५ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ । आस्वा प्रणालीबाट परेका आवेदन समेत गर्दा लघुवित्तको शेयरमा आवेदन गर्नेको संख्या भने १५ लाख हाराहारी पुग्ने देखिन्छ ।

यस आधारमा लघुवित्तको १० कित्ता शेयर पाउने शेयरधनीको संख्या ३७ हजार ५०० मात्र हुनेछ भने १४ लाखभन्दा बढी आवेदकले शेयर पाउने छैनन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो ।

जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर आइपीओ निष्कासन तथा बिक्री गरेको हो ।

जसमा ५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि, २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here