भागरथी भट्टको बलात्कार-हत्यामा संलग्न व्यक्ति पक्राउ

काठमाडौं, ५ फागुन । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने युवकलाई लाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आज नै सार्वजनिक गर्ने तयारी गरेको छ ।

पक्राउ पर्नेमा भागरथी भट्टकै छिमेकी बैतडी दोगडाकेदार गाउँपालिका-७ का एक युवा रहेको प्रहरीले जनाएको छ।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।

एक सातालामो प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा युवकलाई सार्वजनिक गर्न लागेको प्रहरीले जनाएको छ ।

‘सनातन धर्म माविमाको कक्षा १२ मा पढ्ने भागरथीलाई दिनेशले लामो समयदेखि एकतर्फी रुपमा मन पराएको र १५ दिनअघि स्कुलबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here