बार्सिलोनाको लज्जास्पद हार, च्याम्पियन्स लिगबाट बाहिरिने खतरा !

काठमाडौं, ५ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको पहिलो लिगमा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदान क्यामनेउमा सम्पन्न खेलमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनालाई लज्जास्पद हारको स्वाद चखाउन केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।

बार्सिलोनाले सुरुवाती एक गोलको अग्रता जोगाउन सकेन ।

खेलको २५ औं मिनेटमा नै पेनाल्टी पाएको थियो । उसका डि जोङलाई डिबक्समा लडाएपछि भिएआरको सहायताले बार्सिलोनालाई पेनाल्टी दिइएको थियो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । एम्बाप्पेले खेलको ३२, ६५ र ८५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।

त्यस्तै मोइज कीनले पिएसजीका लागि खेलको ७०औ मिनेटमा एक गोल गरेका थिए । यस अघि खेलको २७औ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेसीले पेनाल्टी गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

आफ्ना स्टार खेलाडी नेइमार बिना खेलेको पिएसजीले पहिलो लिगमा लिएको यस अग्रताका अधारमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको छ । अब दोस्रो लिग पिएसजीको घरेलु मैदानमा मार्च १० गते राति हुने छ ।

च्याम्पियन्स लिग फुटबलमा आज राती दुई खेल हुनेछन् । आज पोर्चुगलको एफसी पोर्टोले इटालीको युभेन्टससँग खेल्दा स्पेनको सेभिया र जर्मनीको बोरुसीया डर्टमण्ड भिड्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here