विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, ५ फागुन । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ २ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ४८ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९ रुपैयाँ २६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here