दुई मिनेटमै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट,कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ५ फागुन । बजार खुले लगत्तै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बुधबारको नियमित कारोबार खुले लगत्तै ९.९६ प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो ।

सर्किट लागेसँगै इन्फ्रास्ट्रकचर बैंकको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर ४९७ रुपैयाँ पुगेको छ । मंगलबार सर्किट लागेर बैंकको अन्तिम कारोबार ४५२ रुपैयाँमा भएको थियो ।

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here