गौतमबुद्धलाई तीन अर्ब ३४ करोड, पोखरा विमानस्थललाई आठ अर्ब

काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत गौतमबुद्ध विमानस्थलको लागि तीन अर्ब ३४ करोड रुपैयाँ छुट्याएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गौतमबुद्ध विमानस्थललाई प्राथमिकतामा राखेको बताए ।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने बताएको छ ।

रनवे निर्माण भइसकेको उक्त विमानस्थलको टर्मिनल भवन लगायतका संरचना निर्माण भइरहेको छ ।

यस्तै अर्को निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई आठ अर्ब बजेट रुपैयाँ बजेट छुट्याइएको छ ।

त्रिभुवन विमानस्थललाई भने बुटिक एयरपोर्टको रुपमा विकास गरी २४ सै घन्टा सञ्चालन गर्ने सरकारको तयारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here