इन्फ्रास्ट्रकचर बैंकको सेयर कारोबार अत्याधिक, कति भयो किनबेच ?

काठमाडौं, ५ फागुन । इन्फ्रास्ट्रकचर बैंकको सेयर बुधबार तीन घण्टामै ६७ करोड रुपैयाँ भन्दा धेरै रकमको कारोबार भएको छ ।

बुधबारको कारोबार सुरु भए देखि दिउँसो १: ५० बजे सम्ममा कम्पनीको ६७ करोड २७ लाख २३ बराबरको कारोबार भएको छ ।

१३ लाख ५३ हजार भन्दा धेरै सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ बढेर ४९७ रुपैयाँ पुगेको छ ।

कम्पनीको कारोबार उच्च भए पनि माग भने उच्च रहेको छ । यो समाचार तयार पर्दा कम्पनीको सेयर खरिदका लागि ५ हजार ९ सय ८४ आवेदकले १६ लाख बढी कित्ताको माग राखेका छन् ।

बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । गत बिहिबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका थिए । नेपाली पुँजीबजारमा आएको यो नै हालसम्म कै ठुलो आईपिओ हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here