बुक विल्डिङ मार्फत आइपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टले कति पायो रेटिङ ?

काठमाडौं ५ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने तयारी थालेको छ ।

सिमेन्ट उद्योग सञ्चालक समितिको बैठकले माघ ६ गते बसेको दोस्रो वार्षिक साधारण सभामा बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने प्रस्ताव पारितगरि सकेको छ ।

आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टलाई इक्राले इक्रा एनपी–आईआर बीबीबी प्लस रेटिङ दिएको छ । यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिने इक्राले जनाएको छ । इक्राले जोखिमको मात्रालाई ८ स्केलमा विमाजन गरी रेटिङ दिने गरेको छ । त्यसमा सर्वोत्तमले पाएको रेटिङ चौथो राम्रो हो ।

यद्यपि यो रेटिङ सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी राय मात्रै भएको भन्दै खास ऋणपत्रका लागि विशेष राय नरहेको इक्राले प्रष्ट पारेको छ । कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

६० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइनेछ र बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिने स्रोतको भनाइ छ ।

चैत्रको पहिलो हप्ता भित्र आइपीओ निष्काशन गर्न तयारी रहेको छ । ३ अर्ब ४० करोड रुपैयाँ चूक्ता पूँजी भएकोआइपीओ निष्काशन पश्चात कम्पनीको चूक्ता पूँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।

के हो बुक बिल्डिङ ?

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो । यस विधिबाट आइपीओ जारी गर्दा बोलकबोल विधिबाट गरिन्छ ।

यस पद्धतिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले सार्वजनिक निष्कासनका बेला विभिन्न सम्भाव्य लगानीकर्ताबाट बोलपत्र आह्वान गर्छन् । लगानीकर्ताले निष्कासनकर्ता कम्पनीले निर्धारण गरेको मूल्य सीमाभित्र रही आफ्नो बोलपत्र पेस गर्छन् ।

लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको वित्तीय विवरण, साख, कार्यसम्पादन मूल्यांकन आदिका आधारमा धितोपत्रको मूल्य तय गरी बोलपत्र पेस गर्दछन् ।

अख्तियार प्राप्त संस्थाहरुले आइपीओ ल्याउने कम्पनीको सेयरमा कतिसम्म मूल्य कबुल्ने भनी विशेषज्ञबाट अध्ययन गराई निर्णय गर्छन र प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनीहरुले जुन माथिल्लो बिन्दुमा मूल्य कबुल्छन्, त्यही मूल्यमा आइपीओको मूल्य निधारण हुन्छ ।

बुक बिल्डिङ सार्वजनिक निष्काशन गर्ने एउटा यस्तो वैकल्पिक विधि हो जसमा सार्वजनिक निष्काशनमा आवेदन दिन आग्रह नगरी वित्तीय संस्थाहरु, कर्पोरेसन वा उच्च नेटवर्थ भएका व्यक्तिहरु मार्फत आवेदन स्वीकार गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here