बैंक तथा बीमाकाे बिग मर्जरलाई प्राेत्साहन

काठमाडाैं, १५ जेठ । सरकारले बजेटमार्फत बैंक तथा बीमाहरुलाई बिग मर्जरमा जानको लागि प्रोत्साहन गर्ने बताएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदमा आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन बिग मर्जर आवश्यक रहेकोले यसलाई प्राथमिकतामा राख्ने बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले क वर्गका ठूला बैंकका तथा वित्तीय संस्थाहरुका साथै बीमा कम्पनीहरुलाई पनि बिमा कम्पनीहरुलाई पनि बिग मर्जरमा लैजाने घोषणा गरे ।

बिग मर्जरलाई प्रोत्साहन गरिने बताइए पनि कसरी सहुलियत दिने भन्ने बारेमा भने केहि खुलाइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here