निफ्राका लगानीकर्ता मालामाल, ५० र ६० कित्ता सेयर हुनेको कमाई कति पुग्यो ?

काठमाडौं, ५ फागुन । सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकले लगानीकर्ता चार दिनमै मालामाल भएका छन् । दोस्रो बजारमा कारोकारमा आएदेखि नै लगातार सर्किट लग्दै आएको सेयर मूल्य ४९७ रुपैयाँ पुगेको छ ।

लगानीकर्ताको रोजाइमा इन्फ्रास्ट्रकचर बैंकको परेको छ । यसको सबैभन्दा धेरै ६९ करोड ४३ लाख ६१ बराबरको कारोबार भएको छ ।

१३ लाख ९७ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । प्रतिसेयर ४५ रुपैयाँले भाउ वृद्धि भएको थियो । यस आधारमा निफ्राको ५० कित्ता सेयर हुनेको जम्मा सेयर मूल्य २४ हजार ८ सय ५० पुगेको छ भने ६० कित्ता हुनेको कुल सेयर मूल्य २९ हजार ८ सय २० रुपैयाँ पुगेको छ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो ।

कसैको हात खाली नपारेको निफ्राको आवेदन दिएका अधिकांशले ५० कित्ता र गोलाप्रथाबाट केहीले ६० कित्ता हात पारेका थिए । इन्फ्रास्टक्चरको २० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण छ । बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here