ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ शुक्रबार बिहान ९ बजे बाँडफाँड हुने

काठमाडौं, ५ फागुन । ग्रीनलाइफ हाइड्रोपावरकोे आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालयमा बाँडफाँड हुने बिक्री प्रबन्धक बीओके क्यापिटलले जानकारी दिएको छ ।

आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । गोलाप्रथाबाट सेयर बाँडफाँड हुनेछ ।

कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।

सोमध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

उक्त आइपीओमा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here