महिला लघुवित्तको आइपीओमा हालसम्मकै धेरै आवेदन

काठमाडौं, ५ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा माग भन्दा साढे ६२ गुणाबढी आवेदन परेको छ ।

बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार साँझ ५ बजेसम्म १५ लाख ७७ हजार ३१६ आवेदकले २ करोड ४६ लाख १२ हजार १३८ कित्ताका लागि आवेदन दिएका छन्।

यसअघि नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को आईपीओमा १५ लाख ५० हजार आवेदन परेको थियो ।

यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्नसक्ने क्यापिटलले जनाएको छ । लघुवित्तको आइपीओमा परेको आवेदन हालसम्म कुनै पनि कम्पनीको आइपीओमा परेको सबैभन्दा धेरै हो ।

लघुवित्तले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणका लागि छुट्याइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here