राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकको एक्सटेनसन काउन्टर,कर्मचारीलाई बिना धितो ऋण

काठमाडौं, ६ फागुन । नेपाल बैंकले राष्ट्रिय बीमा कम्पनीमा एक्सटेनसन काउन्टर संचालनमा ल्याएको छ । साथै बैंकले कम्पनीका कर्मचारीलाई बिनो धितो ऋण पनि दिने भएको छ ।

यस सम्बन्धि सम्झौतामा बैंकको तर्फबाट प्रमूख कार्यकारी अधिकृत कृष्ण बहादूर अधिकारी र कम्पनीका तर्फबाट प्रमूख कार्यकारी अधिकृत डिल्ली राज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीका ग्राहकहरुबाट प्राप्त हूने प्रिमियम रकम संकलन गर्ने उ२ेश्यले कम्पनीमा बैंकको एक्सटेनसन काउन्टर संचालन गरिएको हो । साथै कम्पनीमा कार्यरत कर्मचारीहरुलाई बैंकले सहूलियत दरमा बिना धितो कर्जा पनि उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

नेपाल बैंकले २०४ शाखा, ४१ वटा एक्स्टेन्सन काउण्टर, १४३ वटा एटिएम तथा अन्य बिभिन्न बिद्युतिय÷डिजिलट माध्ययमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here