चिनियाँ भ्याक्सिन ‘भेरो सेल’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं, ६ फागुन । नेपालमा चिनियाँ ‘भेरो सेल’ खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाएको छ ।

औषधि व्यवस्था विभागले सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप ‘सार्स’ (कोभ -२ भ्याक्सिन (भेरो सेल) लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।

चाइनिज सिनोफार्म कम्पनीको भेरो सेल खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधी व्यवस्था विभागले जानकारी दिएको हो । यो खोप बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन हुने गरेको छ ।

यसअघि विभागले अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको अनुमति दिएको थियो।

यो खोप पनि २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा राख्न मिल्छ। डब्लूएचओले यसअघि रहेका फाइजर र अक्सफोर्ड एस्टाजेनेकाबाट उत्पादित खोपहरुलाई आकस्मिक प्रयोगका लागि अनुमति दिइसकेको छ। हाल नेपालमा भारतबाट १० लाख डोज खोप आएको थियो, सो खोप अहिले लागइँदैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here