नेप्सेले फेरि बनायो नयाँ कीर्तिमान, ‘निफ्रा’ सहित ८ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, ६ फागुन । सेयर बजारले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।

कारोबारको अन्तिम दिन नेप्सेले २६३६.६८ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । यसअघि बुधबार नेप्सेले २६११ विन्दु पार गरेको थियो ।

विहिबार सेयर बजार मापक सूचक नेप्से २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २०६ कम्पनीको ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँ बराबरको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर किनबेच भएका छन् ।

विहिबार कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ३ वटा समूहको परिसूचक राताम्मे भएका छन् । कारोबारमा आएका २०६ कम्पनीमध्ये ८४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ताको रोजाइमा एनआइसी एसिया परेको छ । यसको सबैभन्दा धेरै ५६ करोड बढि कारोबार भएको छ । इन्फ्रास्ट्रकचर बैंकसहित ८कम्पनीका लगानीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

बीमा क्षेत्र र माइक्रोफाइनान्सबाहेक सबै समूहको परिसुचक बढ्दा नेप्से उकालो लागेको हो । व्यापार समूह सबैभन्दा धेरै ७२.९२ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै १०९.७३ अंकले घटेको छ ।

जीवन बीमा समूहको परिसुचक ० दशमलव ५९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूहको परिसुचक ० दशमलव ३८ प्रतिशतले घटेको छ । त्यसबाहेक माइक्रो फाइनान्स समूहको परिसुचक ० दशमलव ६२ प्रतिशतले घटेको हो ।

पछिल्लो समय लगातार बैंकिङ समूहको परिसुचकमा आएको वृद्धिले बिहीबार पनि निरन्तरता पाएको छ । बैंकिङ समूहमा १ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी ट्रेडिङ समूहको परिसुचकमा वृद्धि भएको छ । ट्रेडिङ, डेभलपमेन्ट बैंक र अन्य समूहमा २ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ ।

कारोबार रकमको आधारमा एनआईसी एशिया बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड १ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कारोबार रकमकै आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ५० करोड र सिभिल बैंक ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा बिहीबार ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल हाइड्रो डेभलपर, कर्णाली डेभलप्मेन्ट बैंक, एभरेष्ट बैंकको प्रिफिरेन्स सेयर, सिभिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स र ग्रीन डेभलप्मेन्ट बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here