लगातार सर्किट लाग्दै आएको निफ्राको सेयर विहिबार कति भयो किनबेच ?

काठमाडौं, ६ फागुन । सेयर बजारमा नेपाल इन्फ्रास्टक्चर बैंकले लगानीकर्ता पाँच दिनमै मालामाल भएका छन् ।

दोस्रो बजारमा कारोबारमा आएदेखि नै लगातार सर्किट लग्दै आएको सेयर मूल्य बिहिबार ४९ रुपैयाँ बढेर ५४६ रुपैयाँ पुगेको छ ।

त्यसदिन निफ्राको ५० करोड ८२ लाख ६९ हजार ८३५ रुपैयाँ कारोबार भएको छ । ९ लाख ३२ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ ।

बुधबार निफ्रा लागानी कर्ताको सर्वाधिक रोजाइमा परेको थियो । त्यसदिन यसको सबैभन्दा धेरै ६९ करोड ४३ लाख ६१ बराबरको कारोबार भएको थियो भने १३ लाख ९७ हजार १२८ कित्ता सेयर किनबेच भएको थियो । हिजोको तुलनामा आज घटेको छ ।

बैंकले माघ २ देखि सर्वसाधारणको लागि आईपिओ निष्काशन गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको थियो ।

कसैको हात खाली नपारेको निफ्राको आवेदन दिएका अधिकांशले ५० कित्ता र गोलाप्रथाबाट केहीले ६० कित्ता हात पारेका थिए । इन्फ्रास्टक्चरको २० करोड कित्ता सेयर नेप्सेमा सूचीकरण छ । बैंकको आइतबारबाट NIFRA सिम्बलबाट कारोबार सुरु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here