शुक्रबार काठमाडौंको यी स्थानमा दुईघण्टा बत्ती जाने

काठमाडौं, ७ फागुन । नेपाल विद्युत प्राधिकरणले काठमाडौं विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ ।

प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा दुईघण्टा बिजुली जाने भएको हो ।

फुटुङ, पद्मसाल, चिम्बर पोखरी, साङ्लाफाँट, जरङ्खु, काभ्रेस्थली, देवीस्थान, ठूलो इनार, खुलालटार, थापागाउँ, नागपोखरी, संगमफाँटलगायतका क्षेत्रमा बिहान १० बजेदेखि १२ बजेसम्म बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तोकिएको समय अगावै काम सकिएमा दिउँसो १२ बजेअघि नै विद्युतको लाइन जोडिने प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here