ग्रीनलाइफ हाइड्रोपावर : आईपीओ बाँडफाँडको अन्तिम रिजल्ट २ घन्टाभित्र आउने

काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आईपीओ केही समय अघि बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ बाँडफाँड भएको हो ।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसबाट ३ लाख २५ हजार १६५ आवेदकलाई समानुपातिक हिसाबले १० कित्ताका दरले ३२ लाख ५१ हजार ६५० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी २ कित्ता भने भाग्यमानी २ आवेदकलाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको छ ।

आईपीओ बाँडफाँडको अन्तिम रिजल्ट २ घन्टाभित्र आउने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here