निर्माण व्यवसायीकाे आन्दोलनः लाइसेन्स सरकारलाई बुझाउने, टेण्डर बहिष्कार गर्ने

जेठ १६, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद (छैठाैं संशोधन) नियमावली–२०७५ का केही बुँदाहरुको विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

बुधबार बसेको महासंघ कार्य समितिको बैठकले सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको महासंघका प्रवक्ता टंकप्रसाद चौलागाई जानकारी दिए ।

चौलागाईका अनुसार अब व्यवसायीहरुले नेपाल सरकारबाट आह्वान भएका तथा हुने सम्पूर्ण बोलपत्रहरु बहिष्कार गर्दै इजाजतपत्र समेत नेपाल सरकारलाई बुझाउने भएका छन् ।

व्यवसायीहरुले आ–आफ्नो इजाजतपत्र महासंघ मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई र सम्बन्धित जिल्ला संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई महासंघले तोकेको दिनमा बुझाउने भएका छन् ।

महासंघले सार्वजनिक खरिद (छैठौं संशोधन) नियमावली २०७५ का केही बुँदाहरुको विरोधमा थप संघर्षका कार्यक्रमहरु तय गर्न यहि जेठ २२ राष्ट्रिय भेला बोलाएको छ ।

प्रदेश महासंघ र जिल्ला संघहरुबाट अध्यक्ष, महासचिव सहित ३ जनाको अनिवार्य उपस्थिति हुने गरी भेलाको कार्यक्रम तय गरिएको महासंघका प्रवक्ता चौलागाईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here