‘उनको प्रीति’ लाई करोड भ्युज

काठमाडौं । नेपाली साहित्यका युगपुरुष राष्ट्रकवि स्व. माधव प्रसाद घिमिरेको सम्झनामा गाइएको ‘उनको प्रीति पैले हो की, मेरो प्रीति पैले’ गीतले करोड भ्युज पाएको छ ।

रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत ५ महिना अगाडि सार्वजनिक भएको उक्त गीतले युट्युबमा १ करोड भ्युज पार गरेको छ । यो समाचार तयार पर्दा उक्त गीतकले १ करोड ६ हजार ३९२ भ्युज पाएको छ ।

राष्ट्रकवि घिमिरेले रचना गरेका गीत चर्चित गायक/संगीतकार तथा निर्देशक नारायण रायमाझीको संगितमा नयाँ भर्सनमा नयाँ कलाकारको साथ बजारमा आएको थियो ।

रिमा इन्टरटेन्टमेन्ट नेपाल मार्फत सार्वजनिक भएको गीतमा प्रविन बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

राष्ट्रकवि घिमिरेले २०२४ साल बैशाख १२ गते रचना गरेको गीत यसअघि २०६० साल बैशाखमा रेकर्डिङ् भएको थियो ।

नारायण रायमाझीकै संगितमा पहिला सार्वजनिक गीतमा जगदिस समाल र सपना श्रीले स्वार दिएका थिए ।

नयाँ कलाकारको साथ सार्वजनिक गीतमा बि.बि. अनुरागीको संगीत संयोजन रहेको छ भने श्याम श्वेत रसाईलीको मिक्सिङ्ग गरेका छन् ।

छायांकनरसम्पादनरकलर मिराज अर्यालले गरेका छन् । सहयोगीहरुमा रत्न बि.क., विर्मा खड्का, उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का,राकेश सोनी रहेका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षका उमेरमा भदौ २ गते मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको थियो ।

वि।सं। १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार हुन् ।

बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here